Rumpum Advertisement

दलित महिलामाथि करणी प्रयास गर्दै श्रीमान् र सासुलाई कुटपिट गरेको आरोप

Neuro Revised Adv
Koshi Dashain ad
दलित महिलामाथि करणी प्रयास गर्दै श्रीमान् र सासुलाई कुटपिट गरेको आरोप
प्रतिकात्मक फोटो

विराटनगर
मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा एक दलित महिलालाई छिमेकीले जर्बजस्ती करणी गर्ने प्रयास गर्दै परिवारलाई कुटपिट गरेको आरोप लागेको छ ।

पीडितका अनुसार चराउन पठाएको भैँसीको पाडो लिन जाँदा सोमवार साँझ हरिजन थरकी महिलालाई छिमेकी गाँन्धीप्रकाश सिंहका छोरा लक्कीप्रकाश सिंह र आफन्त बिनोदकुमार सिंहले कुटपिट गर्दै करणीको प्रयास गरेका थिए ।

प्रतिवाद गर्दा गान्धिप्रसाद समेतले दलित महिलाका श्रीमान् रमेश हरिजन र सासु बुचनीदेवी हरिजनसमेतलाई घरमै आएर कुटपिट गरेका थिए । ज्यादती भएको घटनाको जानकारी आएपछि फौजदारी अपराध भएकोले कुटपिट र जर्बजस्ती करणी आरोपमा इप्रका सिजुवामा पीडितलाई जाहेरी दिन लगाएको रतुवामाई नगरपालिका उपप्रमुख दमयन्ति चुँडालले बताइन् ।

घटनाबारे यौन दुर्व्यवार र कुटपिट अपराधमा जाहेरी दर्ता गरेको र फरार रहेका आरोपीहरू गन्धिप्रकाश सिंह, उनका छोरा बिनोद र आफन्त बिनोदकुमारको खोजी भैरहेको इप्रका सिजुवाले जनाएको छ ।