Rumpum Advertisement

पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप पल्टियो, ११ जना घाइते

Neuro Revised Adv
Koshi Dashain ad
पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप पल्टियो, ११ जना घाइते
प्रतिकात्मक फोटो

ताप्लेजुङ,
पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सुकेटारमा मंगलवार पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना हुँदा ११ घाइते घाइते भएका हुन् ।

गए राति सवा १० बजे पाथीभरा मन्दिर दर्शन गरी १६ जना यात्रु लिएर फुङलिङतर्फ आउँदै गरेको मे.१ज. १४८६ नम्बरको पिकअप सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा पिकअपमा सवार ११ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल पठाईएकोमा ५ जनालाई थप उपचारको लागि झापा पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पिकअपका चालक उपचारमा संलग्न रहेका छन् भने पिकअपमा सवार अन्य ५ जना सकुसल रहेको उक्त कार्यालयले जनाएको छ ।