Rumpum Advertisement

तेल माग्ने प्रहरी विभागीय कारवाहीमा

Neuro Revised Adv
Koshi Dashain ad
तेल माग्ने प्रहरी विभागीय कारवाहीमा

विराटनगर, चैत्र २५ ।

प्रहरी चौकी आएका सेवाग्राहीसँग तेल माग्ने प्रहरी हवल्दार सहित चार जना नेपाल प्रहरीको विभागिय कारवाहीमा परेका छन् ।

सवारी साधनकालागि सेवाग्राहीसंग तेल माग्ने प्रहरी चौकी गछियाका प्रहरी हवल्दार वीरेन्द्र यादवलाई विभागीय कारवाही गरिएको हो । उनले चैत १६ गते सेवाग्राहीसंग तेल मागेका थिए ।

मोरङ प्रहरीले प्रहरी चौकी विराटनगर बखरीका प्रहरी सहायक निरिक्षक सन्तोषकुमार यादव, प्रहरी चौकी आपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र केशव दर्जी पनि कारवाहीमा परेका छन् ।

चैत २२ गते अनुगमनका क्रममा प्रहरी चौकी बखरीका इञ्चार्ज समेत रहेका सहायक निरिक्षक यादवले गैर जिम्मेवार र लाप्रवाही पूर्ण तरिकाले प्रहरी परिचालन गरेको भेटिएको थियो ।

अनुगमनकै क्रममा चैत २४ गते प्रहरी चौकी आपगाछी मा कार्यरत भण्डारी र दर्जीले गैर जिम्मेवार तथा लापरवाहीपूर्ण तरिकाले काम गरेको पाइएपछि प्रहरी नियमावली अनुसार कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।