Rumpum Advertisement

रतुवामाई मेयरकप सुरु उद्घाटन खेलमा ७ नम्बर विजयी

Neuro Revised Adv
Koshi Dashain ad
रतुवामाई मेयरकप सुरु उद्घाटन खेलमा ७ नम्बर विजयी


विराटनगर, चैत्र २५ ।

मोरङको रतुवामाई नगरपालिकामा सुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल ७ नं वडाले जितेको छ । सौठा माविको खेलमैदानमा मंगलबारबाट सुरुभएको रतुवामाई प्रथम मेयर कपको उदघाटन मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य डाक्टर मिनेन्द्र रिजालले गरे ।

प्रतियोगिताको उद्घाटन सत्रको खेलमा रतुवामाई नगरपालिकाका वडा नं ७ र ८ ले प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा वडा नं ८ लाई ४–१ को गोल अन्तरले हराउदै वडानं ७ ले जित निकालेको हो । उद्घाटन खेलका मेन अफ द म्याच ७ नं वडाका खेलाडी सरोज मगर भएका छन् ।

प्रतियोगितामा नगर भरिका १० वटै वडाको सहभागिता रहेको छ । वैशाख ७ गतेसम्म सञ्चालन हुने मेयर कप प्रतियोगिताको विजयी टिमले १ किलो ग्राम चादी र १ तोला सुनको रनिङ शिल्ड नगद रु १ लाख , दोश्रो हुनेले ५० हजार त्यस्तै तेश्रो हुनेले नगद रु ३० हजार साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

मेयरकप प्रतियोगितामा बोल्दै प्रतिनिधीसभा सदस्य डाक्टर मिनेन्द्र रिजालले स्थानिय सरकारको गठन भएकाले मात्र यस किसिमका प्रतियोगिताहरु सम्भव भएको वताए । उनले यस किसिमको खेलले प्रतिभावान राष्ट्रिय खेलाडी उत्पन्न् गर्न सहयोग पुग्ने बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै प्रदेश सांसद शिवनारायण सिंहले विकासको एउटा पाटो खेलकुद पनि भएकाले यस्ता प्रतियोगिताले समग्र नगरको विकासमा सघाउ पुग्ने वताए ।