Rumpum Advertisement

सोलुमा सुरुङभित्र ढुङगा खस्दा भारतीय मजदूरको मृत्यु, २ घाइते

Neuro Ad
Koshi Dashain ad
सोलुमा सुरुङभित्र ढुङगा खस्दा भारतीय मजदूरको मृत्यु, २ घाइते
प्रतिकात्मक फोटो

सोलुखुम्बु,
सोलुखुम्बुमा सुरुङभित्र ढुङगा खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिका–११ तिङलामा निर्माणाधीन अवस्थामा रहेको लोयर सोलु हाईड्रो कम्पनीको सुरुङ मार्गमा काम गर्दै गरेका एक जना कामदारको ढुङगाले लागेर मृत्यु भएको हो भने २ जना घाइते भएका हुन् ।

मंगलबार बिहान साढे ४ बजेको समयमा निर्माणाधीन सुरुङमार्गमा काम गर्दै गरेको अवस्थामा अचानक माथिबाट खसेको डुङगाले लाग्दा उक्त हाईड्रो कम्पनीका कामदार भारतको आसाम बरपीताका २० वर्षीय रविउल अलि, आसाम नलवाडीका २१ वर्षीय हनमनी कोलिता र आसाम लोखिमपुरका २६ वर्षीय बिसाल गोवाला गम्भीर घाइते भएका थिए ।

घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा रविउल अलीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा नै राखिएको उक्त कार्यालयले जनाएको छ ।