Rumpum Advertisement

नोबेलमा नयाँ विद्यार्थीलाई यसरी गरियो स्वागत (भिडियोसहित)

Neuro Ad
Koshi Dashain ad
नोबेलमा नयाँ विद्यार्थीलाई यसरी गरियो स्वागत (भिडियोसहित)

 

विराटनगर,
नोबेल मेडिकल कलेजमा अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । एमबीबीएस, बीडीएस र बिएस्सी नर्सिङ प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो ।

एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ दोस्रो वर्षको आयोजनामा भएको कार्यक्रममा फूल, खादा र अविर लगाएर नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । नोबेलमा हरेक वर्ष यसरीनै नयाँ विद्यार्थीलाई स्वागत गरिँदै आएको छ ।

सोहि क्रममा ३–३ जना उत्कृष्ट छात्र, छात्रा छनौट गरिएको छ । यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै नोबेलका शैक्षिक कार्यक्रम संयोजक डिल्लिराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाललगायतले अध्ययनमा राम्रो मेहनत गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

यसपटक नोबेलमा एमबीबीएस प्रथम वर्षमा १ सय १ जना, बीडीएस प्रथम वर्षमा १६ र बिएस्सी नर्सिङ प्रथम वर्षमा २७ जना विद्यार्थी भर्ना भएका छन् । नोबेलमा एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्मलगायत संकायमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन् ।

नोबेलमा पढाई राम्रो हुने भन्दै नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्सलगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।