Rumpum Advertisement

विराटनगरमा गुन्जियो प्रधानमन्त्रीविरुद्धको नाराबाजी

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा गुन्जियो प्रधानमन्त्रीविरुद्धको नाराबाजी


विराटनगर,
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी गुन्जिएको छ । सर्वाेच्च अदालतले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएपछि मंगलबार विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी भएको हो ।

नागरिकता नपाएका केही युवाहरूको समूहले विराटनगर महेन्द्र चोकबाट जुलुस निकाल्दै प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गरेका हुन् । विराटनगरको महेन्द्रचोकमा जम्मा भएका युवाहरूले केपी ओली मुर्दावाद, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका हुन् ।