Rumpum Advertisement

सैलुनमा बालेको दियोबाट आगो सल्किँदा २ लाखको क्षति

Neuro Revised Adv
Koshi Dashain ad
सैलुनमा बालेको दियोबाट आगो सल्किँदा २ लाखको क्षति

विराटनगर
मोरङको कटहरीमा सैलुनमा बालेको दियोबाट आगो सल्किँदा २ लाखको क्षति भएको छ । कटहरी गाउँपालिका–२ मा सोमबार राति मोहम्मद अन्जरको खाली जग्गामा रहेको एक सैलुनमा बालेको दियोबाट आगो सल्किँदा उक्त क्षति भएको हो ।

राति १२ः१० बजेको समयमा सोही गाउँपालिका–३ बस्ने ४५ वर्षीय मोहन ठाकुरले जग्गा भाडामा लिएर बाँस, जस्तापाता र प्लाईले बानएको कपाल काट्ने सैलुनमा बालेको दियोबाट आगलागी भएको थियो ।

आगलागीबाट सैलुनसहित सैलुनभित्र रहेको फर्निचर, नगद १० हजारलगायत सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साढे १२ बजे पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।