Rumpum Advertisement

कृष्णप्रसाद सिग्देल स्मृती यूवा पत्रकारीता पुरस्कार सुस्केरालाई

Neuro Revised Adv
Koshi Dashain ad
कृष्णप्रसाद सिग्देल स्मृती यूवा पत्रकारीता पुरस्कार सुस्केरालाई

विराटनगर, चैत्र २५ ।

यो वर्षको कृष्णप्रसाद सिग्देल स्मृती यूवा पत्रकारीता पुरस्कार विराटनगरका पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । विराटनगरका व्यबसायी तथा समाजसेवी स्वर्गीय सिग्देलको नाममा परिवारले स्थापना गरको पुस्कार ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार हरेक वर्ष प्रदान गरिदै आएको छ ।

लामो समयदेखि रेडियो पत्रकारीता गर्दै आएका सुस्केरालाई एक कार्यक्रमकाबीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सम्मान पत्र र पुरस्कार राशि हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राईले पत्रकारीता क्षेत्रको विकासकालागि प्रदेश सरकार गम्भिर रहेको बताए । उनले यस क्षेत्रमा पत्रकारीताको विकासकोलागि प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष लिलाराज भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका अध्यक्ष विक्रम लुइटेल, महासचिव विवेक गौतम, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाललगायतले सम्बोधन गरेका थिए ।

प्रेस चौतारी र प्रेस संगठन मोरङको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेकपाका नेता कार्यकर्ता र विराटनगरका पत्रकारहरुको उपस्थिती रहेको थियो ।