Rumpum Advertisement

धरान बस दुर्घटना : यात्रु जोगाउन खोज्दा ठूलो क्षति (अपडेट)

Neuro Revised Adv
Koshi Dashain ad
धरान बस दुर्घटना : यात्रु जोगाउन खोज्दा ठूलो क्षति (अपडेट)


धरान, चैत्र २५ ।

सोमबार सुनसरीको धरान उपमहानगरपालिका– १३ जिरो पोइन्टमा बस दुर्घटना हुँदा एकै परिवारका दुई सहित चार जनाको मृत्यु भएको छ ।

धनकुटाको ६ नम्बर बुधवारे बजारबाट यात्रु लिएर धरान आउ“दै ना ६ ख २७१३ नम्बरको बस दुर्घटना हुँदा चालक चक्रबहादुर गुरुङ, यात्रु यमकुमारी गुरुङ, उनकी ७ महिने छोरी डेनी मगर र बलबहादुर मगरको मृत्यु भएको हो ।

दुर्घटना ज्यान गुमाएका आमा छोरी मोरङ केराबारी– ९ का बासिन्दा हुन् हुन् । ५७ बर्षिय मगर चौबिसे गाउपालिका १ का भने चालक गुरुङ धरान ८ का हुन् ।

सवारी दुर्घटनामा दुर्घटनामा ४६ जना घाइते भएका छन् घाइते मध्ये ६ को अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लामो समयदेखि पहाडी रुटमा गाडी चलाउँदै आएका गुरुङले अनुभवी चालक मानिन्थे । ५० जना यात्रु लिएर धरान तर्फ आउदै गर्दा घटना स्थल भन्दा केही माथी गाडीको ब्रेक फेल भएको थियो ।

ओरालोमा ब्रेक फेल भएको थाहा पाएपछि गुरुङले गाडी नियन्त्रणमा लिने प्रयास गरे । तर सकेनन् ।

ओरालोमा अनियन्त्रित हुँदै लरबरिएको गाडीलाई जोत्न सुरक्षित स्थान हेर्दै थिए । जिरो पोइन्ट भन्दामाथी भित्तामा जोतेको भए क्षति बढी हुने अवस्था थियो । ओरालोमा क्षति कम हुने स्थान खोज्दा भेटिएनन् । अन्तत जिरो पोइन्टमा आएर ठोकियो । ब्रेक फेल हुँदा अनियन्त्रित भई लरबरीएको गाडीलाई क्षति कम गराउन ड्राइभरले जिरो प्वईन्टको रुखमा जोत्न खोजे । तर अगाडी रहेको पिल्लरमा ठोकिएर गाडीको अगाडीको भागमा क्षति पुग्यो ।

ब्रेक फेल भएपछि क्षति कम गर्न जिरो पोइन्टमा जोतेका चालक गुरुङको दुर्घटनामा चेपिएर मृत्यु भएको प्रहरीहरु बताउछन् । ‘ड्राइभरले सके सम्म क्षति कम गराउन खोजेको देखिन्छ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले भने ‘ तर चार जनाको मृत्यु भयो ।’

जिरो पोइन्टबाट दक्षिण बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो ।

प्रहरी नायव उपरीक्षक तिम्सिनाका अनुसार गाडीको ब्रेक फेल भएको यात्रुले पनि थाहा पाएका थिए । ओरालोमा अनियन्त्रीत तरिकाले लरबराउदै गाडी हुइकिएपछि ब्रेक फेल भएको थाहा पाएका केही यात्रु सचेत भए । गाडी ब्रेक फेल भएको थाहा पाएका यात्रुहरु सामान्य घाइते भएका छन् ।

घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ ।