Rumpum Advertisement

धरानमा बस दुर्घटना : ४ जनाको मृत्यु, ३५ जना घाइते

Neuro Revised Adv
Koshi Dashain ad
धरानमा बस दुर्घटना : ४ जनाको मृत्यु, ३५ जना घाइते

धरान,
सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । धरानको जिरोपोइन्टमा धनकुटाबाट आउँदै गरेको ना६ख २७१३ नम्बरको बस पल्टिएको हो ।

बस पल्टिएर विजुलीको पोलमा अगाडिको भाग ठोक्किँदा बसमा च्यापिएर ४ जनाको ज्यान गएको हो भने ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई वीपी प्रतिष्ठानमा उपचारको लागि पठाइएको छ ।

डिएसपी सुमन तिम्सिनाका अनुसार उक्त बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ ।

प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।