Rumpum Advertisement

सोलुमा लेक लागेर स्पेनिस नागरिकले ज्यान गुमाए

Neuro Revised Adv
Koshi Dashain ad
सोलुमा लेक लागेर स्पेनिस नागरिकले ज्यान गुमाए

सोलुखुम्बु,
सोलुखुम्बुमा लेक लागेर स्पेनिस नागरिकको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ लुङदेमा लेक लागेर ५५ वर्षीय अल्बेटो रुबियो डेभा नाम गरेका स्पेनिस नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एसियन एडभेन्चर ट्रेक्स एण्ड एक्स्पेडिसन प्रा.ली. मार्फत् नेपाल भ्रमणमा आई लुङदेस्थित थ्रीपास गेष्ट हाउसमा बसेका ७ जना स्पेनिस नागरिकहरूमध्ये उनको आइतबार बिहान ९ बजे मृत्यु भएको हो ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई कानूनी प्रक्रियापश्चात् शव पोष्टमार्टमको लागि हेलीकोप्टरद्वारा आज बिहान १० बजे काठमाडौँ पठाईएको उक्त कार्यालयले जनाएको छ ।