Rumpum Advertisement

बिरामी बोकेको सुमो दुर्घटना हुँदा बिरामीको मृत्यु, २ जना घाइते

Neuro Ad
बिरामी बोकेको सुमो दुर्घटना हुँदा बिरामीको मृत्यु, २ जना घाइते
प्रतिकात्मक तस्बिर

खोटाङ,
खोटाङमा बिरामी बोकेको सुमो दुर्घटना हुँदा बिरामीको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । खोटाङको रावावेशी गाउँपालिका–३ चिउरीवास भन्ने स्थानमा आइतबार बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना भएको थियो ।

चिउरीवासबाट बिरामी बोकेर लामीडाँडातर्फ जाँदै गरेको ना१ज७४४७ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । आइतबार अपरान्ह साढे ४ बजे भएको उक्त दुर्घटनामा सुमोमा सवार सोही स्थान बस्ने बिरामी ५० वर्षीय नीरकुमार राईको मृत्यु भएको हो ।

नीरकुमारसहित ४५ वर्षीय प्रकाश राई र चालक बर्ष ४५ को गोपाल राई उक्त दुर्घटनाबाट घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामीडाँडा लैजाने क्रममा नीरकुमार राईको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा घाइते दुवैजनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको उक्त कार्यालयले जनाएको छ ।