Rumpum Advertisement

झापामा विजुली सर्ट भएर आगलागी, ६ लाख बराबरको क्षति

Neuro Revised Adv
Koshi Dashain ad
झापामा विजुली सर्ट भएर आगलागी, ६ लाख बराबरको क्षति

झापा,
झापामा विजुली सर्ट भएर आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । झापाको दमक नगरपालिका–३ गोलाटार बस्ने कृष्णप्रसाद गुरागाईँको घरमा आइतबार राति आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको हो ।

राति ९ बजे भएको आगलागीबाट गुरागाईँको काठको बेराले बनेको २ तले टिनको छानो भएको घरमा बिजुलीको लाईन सर्ट भई आगलागी भएको हो । आगलागीबाट घरसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा र फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उक्त आगलागी दमक नगरपालिकाको २ वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।