Rumpum Advertisement

सुनसरीमा यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीमा यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते
प्रतिकात्मक फोटो

सुनसरी,
सुनसरीमा यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते भएका छन् । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा सोमबार बिहान यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते भएका हुन् ।

बिहान साढे ४ बजे मन्थलीबाट काकरभिट्टा आउँदै गरेको मे१ख१९७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा आँफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा बसमा सवार २८ जनामध्ये घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी हुँदै थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।