Rumpum Advertisement

एक नम्बर प्रदेशसभा विषयगत समितिका सभापतिको सपथग्रहण सम्पन्न

Neuro Revised Adv
Koshi Dashain ad
एक नम्बर प्रदेशसभा विषयगत समितिका सभापतिको सपथग्रहण सम्पन्न

विराटनगर,
एक नम्बर प्रदेशसभाको विषयगत समितिका सभापतिहरूको सपथ ग्रहण सम्पन्न भएको छ । एक नम्बर प्रदेशसभाको २२ चैतमा सम्पन्न निर्वाचनबाट चयन भएका सातवटा विषयगत समितिका सभापतिहरूको सपथ ग्रहण आइतबार सम्पन्न भएको हो ।

आइतबार एक नम्बर प्रदेशसभा परिसरमा आयोजित औपचारिक कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले विषयत समितिका सातवटै समितिका सभापतिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

एक नम्बर प्रदेशसभामा न्यायप्रशासन तथा विद्यायन समितिमा इन्द्रमणि पराजुली, शुसासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खडका, सार्वजनिक लेखा समितिमा शिवनरायण गन्गाईँ, समाजिक विकास समितिमा सरिता थापा, उद्योग पर्यटन बन तथा वातावरण समितिमा सीता थेबे, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवा सभापति चयन भएका छन् ।