Rumpum Advertisement

उपेन्द्र यादवका छोरा पनि राजनीतिमा, महानगर अध्यक्षमा निर्वाचित

Neuro Ad
Koshi Dashain ad
उपेन्द्र यादवका छोरा पनि राजनीतिमा, महानगर अध्यक्षमा निर्वाचित

विराटनगर
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा सक्रिय राजनीतिमा आएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवका छोरा अमरेन्द्र सक्रिय राजनीतिमा आएका हुन् ।

उनी विराटनगर महानगरपालिकाको नगर अध्यक्षमा निर्वाचित भए । महानगर अध्यक्षका लागि नगर अधिवेशनमा चुनाव भएको थियो । चुनावबाट अमरेन्द्र २२ मतले नगर अध्यक्षमा निर्वाचित भएका हुन् ।

मन्त्री यादवका स्वकीय सचिवसमेत रहेका अमरेन्द्र यादवले तत्कालीन फोरमका नगर अध्यक्ष समिम कमरलाई पराजित गरे । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कमिटीको बैठकले विराटनगर महानगरपालिका तसर्थ कमिटीको संयोजक अमरेन्द्रलाई तोकेको थियो ।

अमरेन्द्र संयोजक एउटा समूहले कमरलाई अघि सारेको थियो । चुनावमा कमरले ९० मत ल्याएका थिए । अमरेन्द्रले ११२ मत ल्याएका थिए ।