Rumpum Advertisement

मन्त्रालयमा सूर्ति जाँच गर्न कर्मचारी !

Neuro Revised Adv
Koshi Dashain ad
मन्त्रालयमा सूर्ति जाँच गर्न कर्मचारी !

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सेवाग्राही र कर्मचारीलाई  कार्यलय परिसरमा सूर्ति जन्य पदार्थ बाेक्न  र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा आइतवारबाट सूर्ति जन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाएको मन्त्रालयले निगरानीकालागि गेटमा कर्मचारी राखेको छ ।

गेटमा रहेका सुरक्षा गार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सूर्ति जन्य पदार्थ जाँच  गर्नेछन् । सेवाग्राहीकालागि सूर्ति फाल्न गेटमा डसबिन पनि राख्ने छ ।

प्रदेश १ समाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय परिषरमा सूर्ति जन्य पदार्थ  निषेध गरेको घोषणा गरे ।

मन्त्रालयले आफू मातहतका महासाखा, निर्देशनालयमा पनि तत्काल सूर्ति जन्य पदार्थ  निषेधको घोषणा गरेको छ । मन्त्रालयले प्रदेश १ का १४ वटा सामुदायिक विद्यालयमा नर्सिङ सेवा सुरु गरेको छ । नर्सिङ सेवा सुरु गरेको विद्यालयमा पनि सूर्तिजन्य बस्तु प्रतिबन्ध लगाइएको छ ।

मन्त्रालय र मातहतमा सूर्ति जन्य पदार्थ  प्रयोग गरेको पाइए कानुन अनुसार कारवाही गरिने सामाजिक विकास मन्त्रालष्का प्रवक्ता गोपीप्रसाद घिमिरेले बताए ।