Rumpum Advertisement

घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङगाले लागेर एक महिला ठहरै

Neuro Revised Adv
Koshi Dashain ad
घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङगाले लागेर एक महिला ठहरै

उदयपुर, चैत २४
उदयपुरमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङगाले लागेर एक महिलाको ज्यान गएको छ । उदयपुरको बेलका नगरपालिका–७ डाकामालुङमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढूङगाले लागेर सोही स्थानकी ३८ वर्षीया वरुणकुमारी राईको मृत्यु भएको हो ।

आइतबार बिहान १०ः४० बजेको समयमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर तर्फ पठाएको छ ।

यस विषयमा अन्य थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।