Rumpum Advertisement

कोशी अञ्चल अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने चार पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
कोशी अञ्चल अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने चार पक्राउ

विराटनगर,
कोशी अञ्चल अस्पतालको इमरजेन्सी कक्षमा चिकित्सक र अस्पतालका कर्मचारीलाई दुर्व्यवहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरी चिकित्सकलाई हातपात र दुर्व्यवहार गर्ने चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

होहल्ला गर्दै अस्पताल छिरेका युवाले आकस्मिक कक्षका डा. सुनीलबाबु खनालसमेतका चिकित्सक र अस्पतालका कर्मचारीलाई शनिबार साँझ दुर्व्यवहार गरेका थिए । लगतै पुगेको प्रहरी टोलीमाथि समेत अभद्र शैली प्रदर्शन गर्न थालेपछि मोरङको जहदा गाउँपालिका–३ का ३० वर्षीय विनोद राय, २३ वर्षीय उमेश राय, २५ वर्षीय जागवत सहनी र प्रमोद रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

होहल्ला र हुलदंगाका कारण उपचारका लागि आएका अन्य बिरामीलाई समेत असर पर्न थालेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई आइतवार ‘अभद्र व्यवहार’ मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।