Rumpum Advertisement

चतरामा अर्धकुम्भ मेला सुरु, मेलाका लागि ५० लाख बजेट बिनियोजन

Neuro Ad
Koshi Dashain ad
चतरामा अर्धकुम्भ मेला सुरु, मेलाका लागि ५० लाख बजेट बिनियोजन

धरान, चैत २४
प्राचिन हरिद्वार सुनसरीको चतरा क्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेला सुरु भएको छ । बैशाख २४ गतेसम्म चल्ने महाकुम्भको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरे ।

मेलाका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गरेका छन् । प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई संयोजक तोकेर समिति बनाएको छ । मेलाका लागि सरकारले ५० लाख बजेट पनि बिनियोजन गरेको छ ।

एक महिने मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने कुम्भ मेला सफल बनाउन प्रदेश सरकार लागेको बताए ।

सुनसरीको चतरालाई केन्द्रविन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरूलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाडि बढाएको राइको भनाइ छ । कृष्णदाशजी महाराजले बालसन्त महाराजले सुरु गरेको कुम्भ मेलालाई सबैले सहयोग गर्नुपर्न बताए ।

उनले धार्मिक पर्यटकीय क्षेत्र पुराणमा समेत वर्णन गरिएको बराह क्षेत्रमाको विकास गर्नु पर्ने बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सुनसरीको चतरा मुलुककै गहना तथा प्रदेश नं. १ को धर्मिक पर्यटकीय क्षेत्र भएकोले तीनै सरकारले यसको विकासमा जोड दिएको बताए ।