Rumpum Advertisement

प्रहरीको गोली लागेर एक जना घाइते

Neuro Revised Adv
Koshi Dashain ad
प्रहरीको गोली लागेर एक जना घाइते


सुनसरी, चैत्र २२ ।

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिकामा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरी र स्थानीयबीच झडपमा प्रहरीले गोली चलाएको हो । भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयका अनुसार प्रहरीले चलाएको गोली लागि स्थानीय जियाउल मन्सुरी घाइते भएका छन्। हातमा गोली लागेका उनको विराटनगरमा उपचार भई रहेको छ ।

भन्सार कटाएको सामान चेकजाँज गर्ने प्रहरीले सामान जाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन्।

नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई जाँच गर्ने क्रममा विवाद हुँदा घटनाले उग्र रूप लिएको स्थानीयले बताएका छन्। त्यहाँ केहीबेर स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। स्थानीयले बताएअनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ।

गस्ती प्रहरीसँगको झडमा परी सइ चन्द्रकुमार शाक्यको औँलामा गोली लागेको सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। झडपमा एक राउण्ड गोली चलेको उनले भनाइ छ ।

सामान जाँचका क्रममा स्थानीयले प्रहरीको बन्दुक खोसेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।