Rumpum Advertisement

चोरीमा संलग्न एक भारतीय ५ जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
चोरीमा संलग्न एक भारतीय ५ जना पक्राउ


विराटनगर, चैत्र २२ ।

चोरीमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । गत १८ गते राती विराटनगर ४ का रत्नप्रसाद आचार्यको घरमा चोरी गरेको आरोपमा प्रहरीले एक भारतीय सहित उनीहरुलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो ।

भारतको अररीया जिल्लाका २५ वर्षीय मोहम्मद सैैयुब, विराटनगर ८ का इमरान खान, कटहरी १ का ताजिम मिया र विराटनगर १३ का जमुना सहनीलाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । यसैगरी चोरीको सामान किन्ने मोरङ कटहरी २ का सरोज कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले आचार्यको घरबाट घडी, ल्यापटप, मोवाइल र साइकल लगायतका सामाग्री चोरी गरेका थिए । चोरी गरेको सामान मध्ये मोहम्मद सैयुबको साथबाट प्रहरीले क्यामरा, ल्यापटप चार्जर, घडी, पेनड्राइभ र लत्ताकपडा बरामद गरेको छ ।

यसैगरी सरोजकुमार साहको साथबाट लेनेभोको ल्यापटप, मोवाइल, इमरान खान र जमुना सहनीको साथबाट २ थान मोवाइल प्रहरीले बरामद गरेको छ । ताजिमसंग रहेको पछाडी बोक्ने झोला, विभिन्न तालाचाबी लगायतका समान बरामद गरेको छ ।