Rumpum Advertisement

चतरामा श्रीराम तारम ब्रम्ह महायज्ञ लगतै पिण्डेश्वर अर्ध महाकुम्भ मेला

Neuro Revised Adv
Koshi Dashain ad
चतरामा श्रीराम तारम ब्रम्ह महायज्ञ लगतै पिण्डेश्वर अर्ध महाकुम्भ मेला

विराटनगर ।

सुनसरीको चतरा धाममा आयोजना हुने अर्ध महाकुम्भ मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेश सरकारको संयोजनमा आयोजना हुने अर्धमहाकुम्भ मेलाको तयारी पुरा भएको हो । शनिवारबाट सुरु हुने कुम्भ मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

चतरामा दुई महिना अघि कृष्णदास जी महाराजको अगुवाईमा श्रीराम तारमब्रम्ह महायज्ञ आयोजना गरिएको थियो । सातसय ५ वर्षपछि आयोजना भएको महायज्ञपछि नेपालका प्रथम जगतगुरु बालसन्तको अगुवाईमा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ आयोजना गरिएको हो । शनिवारबाट सुरु हुने मेला बैसाख २४ गते एक महिना सम्म सञ्चालन हुनेछ ।

कुम्भ मेला व्यवस्थापनको जिम्मेवारीमा रहेको प्रदेश १ सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । प्राचीन हरिद्वारा चतराधाममा एक महिने पिण्डेश्वर अर्ध महाकुम्भ मेलाकालागि धरानको पिण्डेश्वर बाबा धामबाट कलस यात्रा निकालिने छ । कलस यात्राको सुभारम्भ मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।

कुम्भ मेलाले नेपालीबीचको आत्मीयता, नेपालीहरुबीच मा धार्मिक सद्भाव राख्ने प्रथम जगतगुरु बालसन्त मोहननशरण देवाचार्यले बताउँदै आएका छन् । बालसन्त कै अगुवाईमा दुई पटक कुम्भ मेला आयोजना गरिएको थियो । अघिल्ला दुई पटक नै संघिय सरकारले कुम्भ मेलाको संयाजन गरेको थियो । प्रदेश सरकार गठन भएपछि संयोजनको जिम्मेवारी प्रदेशले पाएको हो । कुम्भ मेलाकालागि प्रदेश सरकरले चतरामा सम्पर्क कार्यालय पनि स्थापना गरेको छ । मेलाकालागि प्रदेश सरकारले ५० लाख समेत सहयोग गरेको छ ।

सुनसरीको चतरामा दुई महिना अघि श्रीराम तारक ब्रम्ह महायज्ञ आयोजना गरिएको थियो । करिब ७ सय ५ वर्षपछि दोस्रो पटक आयोजना गरिएको महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत माघ २६ गते सुरु भएको महायज्ञमा नेपाल भारत तथा तेस्रो मुलुकका पर्यटकहरु सुनसरीको चतरा धाम सम्म पुगे । तर नजिकै रहेका बालसन्त उद्घाटन समारोहमा गएनन् । सोही क्रममा सिद्धबाबा कृष्णदासजी महाराज मुख्य अभियन्ता रहने गरी हरित अभियान पनि शुभारम्भ भएको थियो ।

कृणदास र बालसन्त चतराका छिमेकी हुन् । तर बालसन्त र कृष्णदास बिच बोलचाल नभएको बिषय श्रीराम तारक ब्रम्ह महायज्ञ प्रष्ट रुपमा देखियो । देशकै सर्बाेञ्च पदमा व्यक्ती राष्ट्रपतीको उपस्थीतिमा पृथ्बीमा दोस्रो पटक महायज्ञमा आयोजना हुदा बालसन्त देखिएनन् ।

ओझेलमा रहेको बराहक्षेत्रलाई चिनाउन दुई धार्मिक अगुवाको महत्वपूर्ण योगदान छ । धार्मिक महत्व बोकेपनि भौगोलिक बिकटताका कारण ओझेलमा परेको चतराको भौतिक बिकास पनि बालसन्त र कृष्णदासजी कै अगुवाईमा भएको स्थानीय बताउछन् । तर पछिल्लो समय उनीहरुको सम्बन्ध चिसिएको छ ।