Rumpum Advertisement

वृहत्तर विराट क्षेत्रका लागि कानुनी आधार तयार गर्दै प्रदेश सरकार

Neuro Revised Adv
Koshi Dashain ad
वृहत्तर विराट क्षेत्रका लागि कानुनी आधार तयार गर्दै प्रदेश सरकार


विराटनगर, चैत्र २१ ।

वृहत्तर विराटनगर बनाउन प्रदेश सरकारले कानुनी आधार तयार गर्न सुरु गरेको छ । विहिबार सम्पन्न मन्त्री परिषदको बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको हो ।

वृहत्तर विराट क्षेत्रको अवधारणामा विराटनगर महानगरपालिका तथा इटहरी र धरान उपमहानगरपालिकालाई जोड्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । तीनै स्थानीय तहलाई जोडेर राजाधानी बनाउन लागिपरेका मुख्यमन्त्री शेरधन राईले विभिन्न समयमा वृहत्तर विराटनगरको विषयमा चर्चा गर्दै आएका थिए ।

हुरी पिडितलाई प्रदेश सरकारको १ करोड राहत

यस्तै बारा पर्सामा केही दिन अघि आएको हुरी बतासबाट भएका पिडितहरुलाई राहत प्रदान गर्नकालागि १ नम्बर प्रदेश सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले १ करोड रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले बताए ।

सो रकम २ नम्बर प्रदेशको राहत तथा उद्धार कोषमा जम्मा गरिने छ । त्यस्तै बैठकले विभिन्न विधेयकहरु तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङ्वोले विभिन्न मन्त्रालयले कानुन बनाउन तथा अन्य कार्यविधिकालागि ल्याएका प्रस्तावलाई सैदान्तिक स्विकृती दिएको जानकारी दिए ।

विहिबारको बैठकले प्रदेश प्रहरीको गठन, सेवा, सर्त र सञ्चालन सम्बन्धमा बनेको विधेयक २०७५ लाई सैदान्तिक स्विकृती दिएको छ ।

त्यस्तै गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा निर्देशिका २०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृत गरेको छ । वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको छ ।

त्यस्तै बैठकले दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापन गर्न मुल समारोह सहयोग समिति गठन गरेको छ । संघसस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि २०७५ लाई स्विकृत गरेको छ ।