Rumpum Advertisement

इराक जाने आशमा दिल्ली र मनिपुर पुगेका युवा ठगिए, १६ लाख उठाएर दलाल फरार

Neuro Revised Adv
Koshi Dashain ad
इराक जाने आशमा दिल्ली र मनिपुर पुगेका युवा ठगिए, १६ लाख उठाएर दलाल फरार
फरार रहेका दलालहरु

विराटनगर, चैत्र २१ । ।

इराक जाने आशमा झापाका १० जना युवा ठगिएका छन् । इराकको कुर्दिस्थानमा होटल र सुपरमार्केटमा काम गर्न पाउने आशमा दिल्ली र मिनपुर सम्म पुगेका युवाहरु ठगिएका हुन् ।

नेपालबाट रोजगारीकालागि इराक जान प्रतिबन्ध छ । दलालको समहुले झापा गौरदह – ६ का घनश्यामप्रसाद सिंह, पिताम्बर र उदय राजवंशीलाई काठमाडौंमा एक महिना राखेर दिल्ली पू¥याएका थिए । कुनै म्यानपावर कम्पनी बिना इराक जाने नक्कली प्लेन टिकट र नक्कली भिषा सहितको थमाएर दिल्ली सम्म पू¥याएका दलालले बाटोमै अलपत्र पारेर छाडे ।

तीन जनाबाट दलालको समूहले २ लाख २० हजार रुपैया लिएका थिए । इराक जाने आसमा दुई लाख भन्दाबढी रकम खर्चिएका उनीहरु दिल्लीमा तीन दिन अलपत्र परेपछि घरबाट पैसा मगाएर गा“उ फर्कीए ।

विदेश जाने आशमा ऋण खोजेर दलाललाई बुझाएका उनी विदेश जान नपाएपछि तनाबमा परेका छन् ।

उनीहरुलाई जस्तै दलालको समुहले झापा गौरदहका रन्जय राजवंशी, मन्जय राजवंशी, जयनन्दकुमार मण्डल, बलराम मण्डललाई भारतको मणिपुर पू¥याएर अलपत्र छाडेर भागे ।

बर्माकोबाटो ह“ुदै इराक पठाउने प्रलोभनमा मनिपुरमा १६ दिन बसेका उनीहरु भारतीय प्रहरीको सहयोगमा नेपाल फर्कीए । होटलमा अलपत्र भएको थाहा पाएपछि भारतीय प्रहरीले उद्धार गरेको थियो ।

गत माघ तेस्रोसाता रन्जय मन्जय सहित विभिन्न स्थानबाट मनिपुर पू¥याइएका १७९ नेपाली युवायुवतीको उद्दार गरिएको थियो । ठूलो संख्यामा नेपालीको उद्दार गरेपछि मानव तस्करीको नया“ रुट बर्मा हुदै अन्यन्त्र पठाउने गरेको खुलेको थियो । मानव तस्करीको नया“ रुट बाहिर आएपनि रोकथामकालागि कुनै पहल भएको छैन् ।

मनिपुरमा अलपत्र परेकाहरुलाई उद्दार गरी फर्काइयो । तर विदेश जान साहुबाट लिएको ऋण तिर्न समस्यामा परेपछि न्याय खोज्दै हिडेका छन् ।

बर्माको बाटो हुदै इराक पुग्ने सपना बोकेर मनिपुर र दिल्लीमा अलपत्र बनेर फकीएका १० जना युवा दलाललाई पक्राउ गरी कारवाही गराउन माग गर्दै श्रम कार्यालय विराटनगर उजुरी दिएका छन् । न्याय पाउने आशा सहित प्रेमप्रसाद सञ्जेल प्रमुख रहेको कार्यालयमा न्यायकालागि उनीहरुले उजुरी दिएका हुन् ।

दलालले झापा गौरदह र आसपासका १० जना युवाहरुबाट १६ लाख ३० हजार रुपैया ठगि गरेको भन्दै श्रम कार्यालयमा उजुरी गरेका हुन् ।

दश जनालाई विदेश पठाउने दलालहरु पनि गौरदहकै हुन् । लेखराज राजवंशी, कृष्णराज राजवंशी र रामसिंह राजबंशी गाउ छाडेर फरार भएका छन् ।

रंजयकुमार राजवंशी, मन्जयकुमार राजवंशी, भिमप्रसाद राजवंशी, राजेशकुमार राजवंशी, घनश्यामप्रसाद सिंह, तिर्थप्रसाद राजवंशी, जीतबहादुर राजवंशी, पिताम्बर राजवंशी, जयनन्दनकुमार मण्डल र बलराम मण्डललाई सुपरमार्केट र होटलमा पठाउने भन्दै प्रतिव्यक्ती ६० हजारदेखि साढे ३ लाख सम्म उठाएर फरार भएका दलाललाई पक्राउ गरी उपस्थीत गराउन श्रम कार्यालयले पत्र लेखेको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले झापा र काठमाडौं प्रहरीमा पत्र लेखेका हुन् ।