Rumpum Advertisement

विराटनगरमा मिस एसइई सुन्दरी प्रतियोगिता हुँदै

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा मिस एसइई सुन्दरी प्रतियोगिता हुँदै

विराटनगर, चैत्र २१ ।

विराटनगरमा चैत २९ गतेदेखि मिस एसइई मोरङ २०७५ हुने भएको छ । यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरेर ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टले मिस एसइई प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बौद्धिकता साहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको पहिलो अडिसन चैत २९ गते विराटनगरमा हुने भएको ड्रिम मिडिया इन्टरटेन्डमेन्टको सदस्य अर्जुन श्रेष्ठले जानकारी दिए । ‘भर्खर एसइइ परीक्षा सकिएको छ । खाली रहेको समयको सदुपयोग गर्न सीप र संस्कार सहितको सौन्दर्य प्रतियोगिता गर्न लागेको हौं,’ उनले भने, ‘हामीले गर्ने यो प्रतियोगिता अन्य स्पर्धा भन्दा भिन्न हुनेछ ।’ प्रतियोगिता भव्य र सभ्य हुने दाबी उनले गरे ।

प्रतियोगितामा भाग लिएका प्रतियोगिलाई नेतृत्व तथा व्यक्तित्व विकास हुने आयोजकको दावी छ । उनीहरूको प्रतिभा उजागर गर्ने मुख्य उद्देश्यको साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै ५ लाख मुल्य बरावरको जीवन बिमा गरिने भएको छ ।

प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार तथा ३ लाखको जीवन विमा गरिने ड्रिम मिडियाका अध्यक्ष सुमन श्रेष्ठले बताए । प्रतियोगिताको अडिसन खुल्ला रहेको र दोस्रो अडिसन वैशाख ७ गते हुनेछ ।

जिल्लाभरीको एसइइ दिएका छात्रा विद्यार्थीहरूलाई सहभागि जनाउन आयोजकले मोरङको उर्लाबारी, बेलबारी र रंगेलीमा समेत अडिसन राखेको ड्रिम मिडिया इन्टरटेन्टमेन्टका सदस्य सुशिल घिमिरले बताए । फाइनलको लागि ३० जना प्रतियोगि छनौट गरिने भएको छ । फाइनल जेठको पहिलो साता हुने बताइएको छ ।

प्रतियोगिको कोरियोग्राफर मिस नेपालको फाइनलिस्ट अनुपमा बास्तोलाले गर्ने भएकी छिन् ।  आयोजकले प्रतियोगिताको अडिसनमा भाग लिनेको लागि ५ सय रुपैयाँ तोकेको छ ।

प्रतियोगिता समापन गर्न करिब ८ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । फाइनलमा छनौट भएका किशोरीहरूलाई २२ दिनको प्रशिक्षण दिनेछन् ।  जहाँ प्रतियोगितहरूले विभिन्न क्षेत्रका विज्ञता हासिल गरेको प्रशिक्षकहरूले टे«निङ्ग दिनेछन् ।