Rumpum Advertisement

नुहाउने क्रममा खोलामा डुबेर एक बालिकाले ज्यान गुमाइन्

Neuro Revised Adv
Koshi Dashain ad
नुहाउने क्रममा खोलामा डुबेर एक बालिकाले ज्यान गुमाइन्

ईलाम, चैत २१
इलामको माई नगरपालिका–९ गुनगुने भन्ने स्थानमा बुधवार खोलामा नुहाउने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

बुधबार दिउँसो २ बजे खोलामा नुहाउने क्रममा सोही स्थान बस्ने १३ वर्षीय सम्झना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घरदेखि ४ सय मिटर पूर्व पर्ने माईखोलामा नुहाउन गएकी राई साँझसम्म घर फर्केर नआएपछि उनको खोजतलासमा प्रहरी चौकी चिसापानी र परिवारजन खटिएको थियो ।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बालिका पानीमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय इलामको प्रहरी टोलीले शव परीक्षणको लागि जिल्ला अस्पताल इलाम पठाएको छ ।