Rumpum Advertisement

झापामा माटोको ढिस्कोले पुरिएर ७ वर्षीय बालकको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
झापामा माटोको ढिस्कोले पुरिएर ७ वर्षीय बालकको ज्यान गयो

झापा, चैत २१
झापामा ढिस्कोले पुरिएर ७ वर्षीय बालकले ज्यान गुमाएका छन् । झापाको गौरादह नगरपालिका–१ मा बुधवार माटोको ढिस्कोले पुरिएर सोही स्थान बस्ने ७ वर्षीय सुमन कर्मकारको मृत्यु भएको हो ।

बुधबार साँझ ६ बजे निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सुमन गम्भीर घाइते भएका थिए । घाइते सुमनलाई उपचारको लागि दमकस्थित लाइफ लाइन अस्पताल पठाईएको थियो ।

तर, उपचारको क्रममा उनको बुधबार राति सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । बालकको शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।