Rumpum Advertisement

संखुवासभामा चट्याङ लागेर २ महिलाले ज्यान गुमाए

Neuro Revised Adv
Koshi Dashain ad
संखुवासभामा चट्याङ लागेर २ महिलाले ज्यान गुमाए

संखुवासभा, चैत २१
संखुवासभामा चट्याङ लागेर २ महिलाले ज्यान गुमाएका छन् । संखुवासभाको पाँचखपन नगरपालिका–९ सुनार गाउँमा चट्याङले लागेर स्थानीय ४० वर्षीया सीता बिक र ५० वर्षीया सुकुमाया लिम्बू गम्भीर घाइते भएका थिए ।

गत मंगलबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा असिना पानीसँगै परेको चट्याङले लागेर घाइते भएका दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएको थियो ।

उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकी थप उपचारको लागि वाना स्वास्थ्य चौकी लगिएकोमा उपचारकै क्रममा साँझ ५ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।