Rumpum Advertisement

परीक्षामा प्रथम बनाइदिने भन्दै शिक्षकले गरे १३ वर्षीया विद्यार्थीमाथि यौन दुर्व्यवहार

Neuro Revised Adv
Koshi Dashain ad
परीक्षामा प्रथम बनाइदिने भन्दै शिक्षकले गरे १३ वर्षीया विद्यार्थीमाथि यौन दुर्व्यवहार

फिदिम, चैत २०
परीक्षामा प्रथम बनाइदिने भन्दै १३ वर्षीया विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक समातिएका छन् । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ गरेको हो ।

कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका चौधरी पक्राउ परेका हुन् ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन् । बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । रासस