Rumpum Advertisement

किशोरीलाई देहव्यापारमा लगाउने होटल सञ्चालकसहित चार पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
किशोरीलाई देहव्यापारमा लगाउने होटल सञ्चालकसहित चार पक्राउ

विराटनगर, चैत २०
१६ वर्षीया किशोरीलाई अबैध देह व्यापारमा लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित चारजनालाई पक्राउ गरेको छ । गत चैत ३ गते घरबाट सम्पर्कबिहीन भएकी किशोरीलाई ललाई फकाई देह व्यापारमा लगाएको आरोपमा वेलकम होटलका विराटनगर दुई सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चैत ३ गते घरबाट हराएकी युवती खोजीका लागि आफन्तले चैत १० गते प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि खोजी सुरु गरेको प्रहरीले विराटनगर बरगाछीबाट बा च३१०६ नम्बरको कारबाट युवतीलाई उद्धार गरेको थियो । कारमा युवतीसहित रहेका विराटनगर ६ बस्दै आएका नुर जमाललाई नियन्त्रणमा लिएको हो ।

किशोरीको उद्दारपछि अनुसन्धान सुरु गरेको प्रहरीले कार चालक सिरहा लहान–७ घर भई विराटनगर ६ बस्दै आएका जमालसहित विराटनगर– ४ स्थित वेलकम होटल सञ्चालक ५० वर्षीय आशिष महतो, ४० वर्षीया सुशिला अधिकारी र होटलसम्म पु¥याउने सिरहा धनगढीमाई नरगरपालिका– ११ नैनपुर घर भई विराटनगर बस्दै आएका सन्तोष परियारलाई पक्राउ गरेको हो ।

घरमा झगडा गरेर हिँडेकी किशोरीलाई कामको लोभमा वेकलम होटलमा पुर्याइएको थियो । होटल सञ्चालकले युवतीलाई ललाई फकाई अबैध कार्यमा लगाएका थिए । चैत ३ गतेदेखि १७ गतेसम्मको अवधीमा किशोरीलाई सिरहाको लहान, इटहरी हुँदै विराटनगरमा ल्याएका थिए ।

विराटनगरबाट अन्यन्त्र लैजाँदै गर्दा बरगाछीबाट युवतीको उद्दारपछि पक्राउ परेकाहरुलाई फैजदारी अपराध संहिता २०७४ बमोजिम मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।