Rumpum Advertisement

महायज्ञको प्रचारप्रसार गर्न विराटनगरमा मोटरसाइकल र्‍याली

Neuro Revised Adv
Koshi Dashain ad
महायज्ञको प्रचारप्रसार गर्न विराटनगरमा मोटरसाइकल र्‍याली

विराटनगर, चैत २०
विराटनगर–१ कुशल टोलमा निर्माणाधिन पाथिभरादेवी माता सामुदायिक भवनको निर्माणलाई पूर्णता दिन श्रीमद्देवी भागवत महापुराण (नवाह) ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

चैत २२ गतेदेखि बैशाख १ गतेसम्म आयोजना हुने महायज्ञको प्रचारप्रसार गर्न आज मोटरसाइकल ¥याली निकालिएको छ । निर्माणाधिन सामुदायिक भवन परिसरबाट निकालिएको मोटरसाइकल ¥यालीले मेनरोड, महेन्द्रचोक, कोशी राजमार्गबाट राजवंशी चोक, पुष्पलालचोक हुँदै सामुदायिक भवन परिसरमै पुगेर समापन भएको छ ।

¥यालीमा मन्दिर समिति र निर्माण समितिका पदाधिकारीसहित सर्वसाधारण सहभागि भएका छन् । २२ गतेबाट सामुदायिक भवन परिसरमै आयोजना हुने महापुराणमा साध्वी राधीका दासी र आचार्य शिव ढुंगेलले कथा वाचन गर्ने जनाइएको छ ।

सो क्रममा देवी भागवत पाठ–पारायण, पूजा तथा आरती, ओमकार बत्ति प्रज्वलन, सन्देश मुलक झाँकी,पूर्णाहुती र प्रसाद वितरणलगायतका कार्यक्रम गरिने मूल समारोह समितिले जनाएको छ । सो ठाउँमा पाथिभरादेवि माता.को नाउमा रहेको ३ कट्ठा जग्गामा २ तले सुविधा सम्पन्न सामुदायिक भवन निर्माण हुन लागेको हो ।

सामुदायिक भवनको पहिलो तल्ला निर्माण कार्य सम्पन्न भइसकेको छ । हाल पाथिभरा मन्दिर समितिले ११ जना विपन्न र अभिभावक विहीन बालबालिकाको भरणपोषण र अध्यन–अध्यापनको काम गरिरहेको निर्माण समितिका संचार संयोजक भुमिराज तिम्सिनाले जानकारी दिए ।