Rumpum Advertisement

गढी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम

Neuro Revised Adv
Koshi Dashain ad
गढी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम

विराटनगर, चैत १९
सुनसरीको गढी गाउँपालिकाको सहयोग तथा रेडियो नागरिक १००.४ मेगाहर्जको आयोजनामा गढी गाउँपालिकामा एक हप्ते पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन कार्यक्रममा बोल्ने वक्ताले ग्रामीणस्तरमा पत्रकार उत्पादन गर्ने काम सह्रानीय भएको बताए ।

अध्यक्ष यादवले गाउँपालिकाले एक गाउँ एक पत्रकार अभियानअन्तर्गत आफ्नो क्षेत्रका विषय वस्तुलाई संचारमाध्यमसम्म पु¥याउनका लागि तालिम आयोजना गरिएको बताए । उपाध्यक्ष राजकुमारी चौधरीले चौथो अंग मानिएको पत्रकारिता क्षेत्र ग्रामीण भेगसम्म पुगेर भए गरेका राम्रा काम उजागर गर्नुपर्नेमा जोड दिइन् ।

गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष टुनालाल चौधरी र ६ का वडाअध्यक्ष नन्दुलाल सरबरियाले पत्रकारिता क्षेत्र अझ विस्तार भई गाउँसम्म आउनु पर्ने बताए । तालिमका मुख्य प्रशिक्षक कुमार लुइँटेलले ग्रामीण क्षेत्रका विषयवस्तुलाई आमसंचार माध्यममा ल्याउन प्रशिक्षार्थी समक्ष आग्रह गरे ।

रेडियो नागरिक विराटनगरका प्रबन्ध निर्देशक अरबिन्द मेहताको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट नरेन्द्रप्रसाद यावद, दीपनारायण यादव र पूजा परियारले तालिमको अनुभवबारे बताएका थिए । प्रबन्ध निर्देशक मेहताले मुलुक गणतन्त्रमा गईसकेकोले ग्रामीण भेगमा संचार र पत्रकारिता जगतको अवाश्यकता झन् बढी महशुस भएको बताए । तालिममा गाउँपालिकाका ६ वटा वडाका ३५ जना प्रशिक्षार्थी सहभागी थिए ।