Rumpum Advertisement

पौडी खेल्नेक्रममा दूधकोशीले बगाएर एक जना बेपत्ता

Neuro Revised Adv
Koshi Dashain ad
पौडी खेल्नेक्रममा दूधकोशीले बगाएर एक जना बेपत्ता

खोटाङ, चैत १९
दूधकोशी नदीले बगाएर एक जना बेपत्ता भएका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–डेम्लिटार चुच्चे भन्ने स्थानमा दूधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका हुन् ।

सोमबार दिउँसो १ बजे दूधकोशी गाउँपालिका–४ बस्ने २५ वर्षीय भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।