Rumpum Advertisement

बिजुलीको पोलबाट लडेर विद्युत प्राधिकरणका कर्मचारीको ज्यान गयो

Neuro Ad
Koshi Dashain ad
बिजुलीको पोलबाट लडेर विद्युत प्राधिकरणका कर्मचारीको ज्यान गयो

भोजपुर, चैत १९ गते ।
भोजपुरको ट्याम्के मयुम गाउँपालिका–५ खावा रेम्बो भन्ने स्थानमा सोमबार बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकरण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा(२ तिवारीभञ्ज्याङ बस्ने वर्ष २७ को नवीन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले उनको शव परीक्षणको लागि जिल्ला
अस्पताल भोजपुरमा पठाएको उक्त कार्यालयले जनाएको छ ।