वार्षिक ‘कमाइ’ गर्नेमा मेस्सीलाई रोनाल्डोले उछिने

एजेन्सी, चैत २३
अहिले विश्व फुटबल क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीका वरिपरि घुमिरहेको छ भन्दा फरक पर्दैन । हरेक कोणबाट उनीहरूमध्ये को उत्कृष्ट भनेर टिकाटिप्पणी हुँदै आएको छ ।

तर, मैदानभित्र को उत्कृष्ट भनेर ठोकुवा गर्न नसकिए पनि कमाइको मामिलामा रोनाल्डोले मेस्सीलाई पछि पारेका छन् । बेलोन डि’ओरको उपाधि जितेपछि पोर्चुगिज स्टार आफ्ना अर्जेन्टिनी प्रतिस्पर्धीभन्दा अगाडि आएका हुन् ।

फ्रान्स फुटबल म्यागाजिनले २०१६–१७ को सिजनमा सबैभन्दा बढी कमाउने फुटबलरको सूचीमा रोनाल्डोलाई पहिलो र मेस्सीलाई दोस्रो स्थानमा राखेको छ ।

जसमा पारिश्रमिक, बोनस, र विज्ञापनबाट भएको आम्दानीको लेखाजोखा गरिएको छ । त्यसमा सर्वाधिक कमाई भएका ५ खेलाडीको नाम समावेश छ ।

रिपोर्टअनुसार रोनाल्डोले यो सिजनमा ८ करोड ७५ लाख यूरो कमाएका छन् । लियोनल मेस्सी उनीभन्दा करिब १ करोड युरोले पछाडि परेका छन् । उनको एक सिजनको कमाई ७ करोड ६५ लाख रहेको बताइन्छ ।

तेस्रो स्थानमा पनि बार्सिलोनाकै खेलाडी छन् । ब्राजिलियन स्टार नेयमारले २०१६–१७ मा ५ करोड ५५ लाख युरो कमाएको देखिएको छ । रियल मड्रिडका दोस्रो हाइप्रोफाइल खेलाडी गारेथ बेल भने चौंथो स्थानमा झरेका छन् । उनको कमाइ ४ करोड १० लाख युरो मात्रै रहेको उक्त रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: