झापामा आगलागीबाट ३५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट

झापा, चैत २३
झापाको मेचीनगर नगरपालिका–१ बस्ने पदम चौलागाईंको दुईतले घरमा मंगलबार आगलागी भएको छ ।

बेलुका ९ बजेतिर विद्युत् सर्ट भई अचानक लागेको आगोले उनको घर तथा घरभित्र भएको नगद ७ लाख, १० तोला सुन, कम्प्युटरलागयत सम्पूर्ण सामानसमेत जल्दा अन्दाजी ३५ लाख बराबरको क्षति भएको बताइएको छ ।

आगो प्रहरीचौकी, बाहुनडँगीबाट खटिएको प्रहरीको टोली र स्थानीय मिलेर निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: