पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर, पुस २७ ।
उदयपुर र सुनसरीमा बुधबार पानीमा डुबेर २ जनाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४५ वर्षीय टीकाबहादुर कार्कीको स्थानीय राजाबास खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

कार्कीको शव दिउँसो २ बजे स्थानीयले राजवास खोलामा डुबेको अवस्थामा भेटेका हुन् । मृतकको शव पोस्टमार्टमनिम्ति कटारी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुनसरीको छिटाहा–६ बस्ने ५५ वर्षीय पानालाल उरावको घरनजिकैको नहरमा डुबेर ज्यान गएको छ ।

उराव दिउँसो खाना खाएपछि गहुँ बालीमा पानी र मल हाल्न जान भनी बाहिर निस्किएका थिए । उनको शव अपराह्न ३ बजेतिर स्थानीयले नहरमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: