Home / खेलकुद / फुटबलको हितमा ४८ देश : इन्फान्टिनो

फुटबलको हितमा ४८ देश : इन्फान्टिनो

ज्युरिच (बिबिसी)
पुस २७ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पैसा कमाउने र थप शक्तिशाली बन्ने उद्देश्यबाट प्रेरित भएर विश्वकप फुटबलमा ४८ देश सहभागी गराउन लागेको आरोपको खण्डन गरेका छन् ।

र, उनले फुटबलको हितलाई सर्वोपरी ठानेर नै यो कदम उठाएको बताएका छन् । मंगलबार ज्युरिचमा बसेको फिफा कार्यसमितिको बैठकमा सन् २०१६ देखि विश्वकपमा ४८ देश हुने नयाँ नियम अनुमोदन भएको थियो । निर्णयको विरोधमा अभियान चलाउँदै आइरहेको न्यु फिफा समूहले नवनियुक्त अध्यक्ष इन्फान्टिनोले पैसा कमाउने र थप बलियो बन्ने उद्देश्यबाट प्रेरित भएर निर्णय लागू गराएको आरोप लगाएको थियो ।

‘यसको उल्टो फुटबलको पक्षमा निर्णय भएको छ,’ उनले भनेका छन् । उनले आर्थिक हिसाबले पनि यो निर्णय गर्न उपयुक्त देखिएको बताए ।

‘हामीहरू सहज स्थितिमा छौं, फुटबलको हितका लागि यो निर्णय गर्न,’ उनले भने । फिफाको एउटा अनुसन्धानले ३२ देशलाई बढाएर ४८ देश गर्दा आम्दानीमा पनि बढोत्तरी हुने देखाएको छ । ४८ देश हुँदा ५.२९ बिलियन पाउन्ड कमाइ हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस: