फिफाको ‘ड्रिम टिम’मा मेसी र रोनाल्डोलाई स्ट्राइकरको भूमिका

एजेन्सी
ज्युरित, पुस २७ ।
विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति सार्वजनिक गरेको आफ्नो ‘ड्रिम टिम’मा विश्वका दुई खतरनाक स्ट्राइकर रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी सहभागी रहेका छन् ।

यी दुई स्ट्राइकरसँगै तेस्रो फरवार्डको रूपमा बार्सिलोनाका लुइस सुआरेजलाई पनि फिफाले आफ्नो ‘ड्रिम टिम’मा समावेश गरेको छ । फिफाको उत्कृष्ट ११ मा वर्ष खेलाडीको मनोनयनमा परेका एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर आन्टोन ग्रेजम्यान समावेश छैनन् । उनी टोलीमा अटाउन सकेनन् ।

फिफाले सार्वजनिक गरेको टिममा स्पेनिस क्लबको बर्चश्व रहेको छ । जसमा रियल म्याड्रिडबाट ५ तथा बार्सिलोनाबाट ४ खेलाडी समावेश छन् । एक खेलाडी डानी आल्भेसलाई इटालीको युभेन्ट्स क्लबबाट लिइएको छ ।

युभेन्ट्सका यी डिफेन्डर सन् २०१६ सम्म बार्सिलोनामै थिए । गोलकिपरको रूपमा जर्मनीको बायर्न म्युनिखका कप्तान मानुअल नेउरलाई राखिएको छ । इङ्लिस प्रिमियर लिगका कुनै खेलाडी फिफाको उत्कृष्ट ११ मा अटाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: