आइतवार, चैत्र १३, २०७३
Home / खेलकुद / अर्जेन्टिनाको राजधानीमा रहेको मेस्सीको प्रतिमा तोडफोड

अर्जेन्टिनाको राजधानीमा रहेको मेस्सीको प्रतिमा तोडफोड

विराटनगर, पुस २७ ।
बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीको अर्जेन्टिनाको राजधानीस्थित ब्युनर्स आयर्समा रहेको प्रतिमा तोडफोड भएको छ ।

गएको जुन महिनामा अनावरण गरिएको तामाको उक्त प्रतिमाको कम्मरमाथिको भाग काटिएको छ । र, प्रतिभा ढलेको छ ।

प्रतिमा कसले र किन तोडफोड गर्यो भन्नेबारे खुलिनसकेको सहरका अधिकारीहरूले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । हाल प्रतिमाको पुनर्निर्माण थालिएको बताइएको छ ।

केही समयअघि मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै उनको प्रतिमा अनावरण भएको थियो । उनले पछि अर्जेन्टिनी राष्ट्रिपतिको अनुरोधमा सन्यास फिर्ता लिएका थिए ।

मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा अवस्थित थियो, जहाँ अर्जेन्टिनाका खेल स्टारहरूको प्रतिमा राखिएको छ । टेनिस स्टार गाब्रियल सावातिनी र बास्केटबल खेलाडी म्यानुअल गिनोविलीको प्रतिमा त्यहाँ राखिएको छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस: