आइतवार, चैत्र १३, २०७३
Home / शैली / फिल्मी / “लभ साशा” को रेड कार्पेट प्रिमियर शो पछि सबैको सकारात्मक प्रतिकृया( भिडियो सहित)

“लभ साशा” को रेड कार्पेट प्रिमियर शो पछि सबैको सकारात्मक प्रतिकृया( भिडियो सहित)

काठमाडौं, २७ पुस । भोली देखि प्रदर्शन हुने फिल्म “लभ साशा” को रेड कार्पेट प्रेमियर शो भव्य रुपमा सम्पन्न भएको छ ।

चलचित्र हेर्नको लागि अहिलेका चर्चित नायिका देखि नायकको साथमा अधिकांश चलचित्र निर्माता तथा निर्देशकहरु एवं ठुलो संख्यामा पत्रकारहरुको पनि बेजोड उपस्थिति रहेको थियो । चलचित्र अधिक उत्कृष्ट बनेको कुरा सबैले बताए । यस्तै चलचित्रको कथा वस्तुलाई लेखक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले निकै राम्रो शैलीमा प्रस्तुत गरेको कुरा पनि उपस्थित सबैले बताए । यस्तै नायक कर्मा र केकीको प्रेम कहानीलाई सबैलाई आत्मसाथ पनि गरेका छन् ।

चलचित्रका निर्माता माधव वाग्ले हुन् । पपकर्न पिक्चर्सद्वारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज र दि टि फोकस फिल्म्सको निर्माणमा तयार भएको चलचित्रमा कर्मा, केकी अधिकारी, शिवानी चालिसे, विकास जोशी, रश्मी भट्ट र आसिफ शाह लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया हेर्नुहोस्

                         

प्रतिक्रिया दिनुहोस: