मङ्लबार, फाल्गुन १०, २०७३
Home / शैली / फिल्मी / सौगात मल्ल अभिनित ‘शब्द’ पनि भोली देखि नै मल्टिप्लेक्समा लाग्ने

सौगात मल्ल अभिनित ‘शब्द’ पनि भोली देखि नै मल्टिप्लेक्समा लाग्ने

काठमाडौं, २७ पुस । सौगात मल्ल अभिनित फिल्म ‘शब्द’ बिहिबार देखि नै प्रदर्शन हुने भएको छ ।

यसअघि पौष २९ गतेलाई रिलिज मिती तोकिएको फिल्मको मल्टिप्लेक्समा बुकिङ खुला गरिएको निर्देशक सन्तोष शिवाकोटीले बताए । प्रतिस्पर्धी अन्य दुई फिल्म ‘किङ’ र ‘लभ साशा’ बिहिबार नै प्रदर्शन हुने भएपछि ‘शब्द’ पनि भोली देखि नै मल्टिप्लेक्समा प्रदर्शन गरिन लागिएको तर सिंगल स्कृनमा भने यो फिल्म शुक्रबारबाट मात्र प्रदर्शनमा आउनेछ । अष्ट्रेलियामा पनि शुक्रबारबाट नै प्रदर्शन हुने सो फिल्मको शो मा सहभागी हुन अभिनेता सौगात मल्ल र अभिनेत्री कमली वाईवा बुधबार अष्ट्रेलिया उड्दैछन् । ए गुरुङ, रोएदिप श्रेष्ठ अनि ओशिन भट्टराई पनि फिल्मका लिड कलाकार हुन् ।

‘किङ’ र ‘लभ साशा’ को पनि अग्रिम बुकिङ खुला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस: