निखिलको निर्भय चैत्र ११ मा रिलिज हुने, रेखा थापा अभिनित डायरीसँग भिडन्त

काठमाडौं, २७ पुस । निखिल उप्रेती अभिनित फिल्म निर्भय को पोष्टर सार्वजनिक गर्दैै औपचारिक रिलिज मिती तय भएको छ ।

यसअघि माघ २८ रिलिज हुने भनिएको फिल्म अब आगामी चैत्र ११ मा रिलिज हुने भएको छ । मधुसुदन भट्टराईद्धारा निर्देशित फिल्मको सार्वजनिक फस्र्टलुक पोस्टरमा निखिलको एङ्ग्री लुक्स समावेश छ । यस्तै अर्को पोष्टरमा भने अभिनेत्री नीता ढुङ्गानासँग निखिलको प्रेम देखाईएको छ । प्रसिद्धी सिने आट्र्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । फिल्ममा निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रकाश न्यौपाने, मेन्डी बाबु, ज्याक श्रेष्ठ, गौरव शंकर, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायतले अभिनय गरेका छन ।

यसैबीच सोही मिती मै अभिनेत्री रेखा थापा अभिनित डायरी पनि प्रदर्शनमा आउने घोषणा यसअघि नै भईसकेको छ । यस्तै सोहि मितिलाई दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म लप्पन छप्पन पनि रिलिजको लागी तयार छ । यसरी हेर्दा स्टार मानिएका कलाकारहरुविच पर्दामा भिडन्त हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: