यस्तो बन्दै छ विराटनगरको फाउन्टेन पार्क (फोटो फिचर )

विराटनगर, पुस २७ ।
विराटनगरस्थित वीरेन्द्र सभागृहछेउमा अत्याधुनिक सुविधा सम्पन्न पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधारको काम सकेर पार्क सिंघार्ने काम यतिबेला भइरहेको छ ।

विराटनगर उपमहानगरपालिका र मोरङ व्यापार संघबीच ०६९ असार ४ गतेभित्र निर्माण सक्ने सम्झौता गरी पार्कको निर्माण थालिएको थियो । ०६९ असारमा म्याद सकिएपछि ०७२ असार सम्म निर्माण गरी सक्नेगरी २ वर्षको म्याद थप गरिएको थियो ।

पटक–पटक म्याद थपिँदै आएको पार्क अझै सञ्चालनमा आएको छैन । उपमहानगरपालिकाले दशैंमै पार्क निर्माण सम्पन्न गर्ने पछिल्लोपटक तोकेको मिति पनि गुज्रिसकेको छ । तर, अझै काम सकिएको छैन ।

घुम्न र मनोरञ्जनका लागि विराटनगरबाहिर जान बाध्य भएका नगरवासीका लागि पार्क सञ्चालनमा आए राम्रो गन्तव्य हुने निश्चित छ । विराटनगरभित्र घुम्न र फुर्सदको समय बिताउन चाहनेका लागि हालसम्म कुनै पार्क र मनोरञ्जनस्थल छैनन् । पार्क निर्माण सम्पन्न हुँदा करिब ३ करोड खर्च लाग्ने उपमहानगरपालिकाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: