Home / स्वास्थ्य / बिहेपछि महिला मोटाउनुको कारण यस्तो रहेछ

बिहेपछि महिला मोटाउनुको कारण यस्तो रहेछ

काठमाडौं, २७ पुस । विवाह पछि महिलाहरु मोटाएको देख्नुभएको होला । यसरी विवाह पछि महिलाहरु मोटाएको देख्दा मानिस विभिन्न लख काट्ने गर्छन अर्थात अड्कलबाजी गर्ने गर्छन । महिला मात्र होईन पुरुष पनि विवाह पछि मोटाएको देख्ने गरिन्छ । तर यहाँ अनुसन्धानले भने विवाह पछि महिला मोटाउने र सम्बन्ध विच्छेद पनि पुरुष मोटाउने पत्ता लगाएको छ ।

अमेरिकाको ओहायो विश्वविद्यालयमा गरिएको पछिल्लो अनुसन्धानले महिलाहरुले विवाह पछि आफ्नो शारीरिक तन्दुरुस्तीमा ध्यान दिन नभ्याउने भएका कारण उनिहरु मोटाएका भनि निष्कर्ष निकालेको छ । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गर्दछन भनि अनुसन्धानकर्ताहरुले दावी गरेका छन । यस्तै अध्ययनकर्ताहरुले पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताएका छन । विहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने तर डिभोर्स पछि भने उनीहरु एक्लो सँगसँगै व्यायामको होस समेत नहुने भएकाले मोटाउने अनुसन्धानकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस: