मङ्लबार, फाल्गुन १०, २०७३
Home / रोचक/रमाइलो / महिलालाई मलामी नलानुको कारण यस्तो रहेछ

महिलालाई मलामी नलानुको कारण यस्तो रहेछ

काठमाडौं, २७ पुस । हिन्दु धर्मको परम्परा अनुसार, महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ । यसबारेमा शास्त्रमा स्पष्ट रुपमा उल्लेख गरिएको नभेटिएपनि महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ । यो प्राचीन कालदेखि नै चल्दै आएको परम्परा हो ।

प्राचीन कालमा चाँहि महिलालाई मलामी नलानुका कारणहरू :

समय बढि लाग्ने अवस्था
महिलालाई प्राचीनकाल देखि नै घरको कामको जिम्मा दिईन्थ्यो । हिन्दु धर्मअनुसार शवलाई जलाउँदा कहिलेकाँहि बढि समय लाग्ने गर्छ । यसरी समय बढि लाग्ने भएकाले महिलालाई घर मै राखिन्थ्यो ।

भूतको डर
तड्पिएर बसेका आत्माहरू (भूत) ले कमजोर हृदय भएकालाई सताउने गर्छन भन्ने विश्वास गरिने भएकाले महिलाहरुलाई मलामी लगिदैनथ्यो ।

संस्कार
हिन्दु धर्ममा विश्वास गरिन्छ कि ‘आँशु’ले आत्माको बाटो छेक्छ । त्यसैले महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघाटमा प्रवेश निषेध गरिएको थियो ।

आगोको धूप
घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे ।

भयानक दृश्य
लास जलाउने काम भयानक दृश्य हुने भएकाले महिलाले हेर्न सक्दैनन भनेर महिलालाई मलामी जानबाट रोकिन्थ्यो ।

– प्रथा र संस्कृति पहिचान पनि हो तर उपयुक्त कारण सहितको प्रथा भए मात्र त्यस प्रथा अनुसार चलिरहनुको अर्थ रहन्छ ।

प्रतिक्रिया दिनुहोस: