Home / समाचार / श्रीमानको शव कुरेर बसेकी श्रीमतीको मृत्यु

श्रीमानको शव कुरेर बसेकी श्रीमतीको मृत्यु

रोल्पा, पुस २७ ।
डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमान्को शव कुरेर बसेकी रोल्पा लिवाङ–९, गुरुङगाउँकी एक महिलाको श्रीमान्को शव हेर्न नपाउँदै ज्यान गएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान् खुमबहादुर गुरुङको मृत्युको शोकमा रहेकी कमलाको सोमबार दिउँसो आफ्नै घरमा रहस्यमय मृत्यु भएको हो । दिउँसो दाँत माझ्दै गरेकी बुहारी अचानक भुइँमा ढलेपछि सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस् भएकी कमलाको लगत्तै ज्यान गएको छिमेकीले बताए ।

मृत्यु भएको खबर पाउनासाथ घटनास्थल पुगेको जिल्ला प्रहरीको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाएको छ । हृदयाघातका कारण कमलाको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

साउदी अरबमा काम गर्ने मृतक कमलाका श्रीमान्लाई कम्पनीकै गाडीले ठक्कर दिँदा ज्यान गएको थियो । मृत्यु भएको लामो समय भइसक्दा पनि उनको शव नेपाल नआउँदा परिवार निराश छन् ।

प्रतिक्रिया दिनुहोस: