नापी कार्यालयका अधिकृत घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई एक लाख ५० हजार रुपैयाँ घूससहित कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: